जसपा मधेस प्रदेशमा संसदीय दलको नेता शुक्रवार चयन हुदै

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश सभाको संसदीय दलको नेता चयन भोलि हुने भएको छ । पार्टीका नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले संसदीय दलको नेता चयनको तयारी गरेको हो ।
सोही तयारीका लागि सांसदहरूको बैठक मधेस प्रदेशको कार्यालय जनकपुरमा बिहीबार बैठक बसेको थियो । जसपाको संसदीय दलको विधानमा निर्वाचन प्रक्रियाबाटै संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम मधेस प्रदेशमा निर्वाचन समितिले प्रक्रिया अगाडि बढाएको हो ।
मधेस प्रदेशमा जसपाका प्रत्यक्षतर्फका ९ र समानुपातिक ७ गरी १६ सांसद छन् ।