धनुुषाको नगराईन नगरपालिका ३५ दिन देखि बन्द, बच्चाहरुको खोप देखि विद्यार्थीहरु परिक्षा सम्म प्रभावित – Madhesh Update

धनुुषाको नगराईन नगरपालिका ३५ दिन देखि बन्द, बच्चाहरुको खोप देखि विद्यार्थीहरु परिक्षा सम्म प्रभावित

   January 5, 2023  

मेयेर र उपमेयरको द्धन्दले धनुुषाको नगराईन नगरपालिका ३५ दिन देखि बन्द हुदा नगरका सम्पुर्ण सेवाहरु ठप्प भएका छन । नेपाली काग्रेसवाट जितेका मेयर र नेकपा एमालेवाट जितेका उपमेयर विच द्धन्द चर्कदा नगरका सम्पुर्ण सेवा ठप्प भए पछि साना बच्चहरुले महिनावारी रुपले लिने खोप देखि नगरभित्र सम्पुर्ण विद्यायहरुको पढाइ पनि प्रभावित भएको छ ।

नगरपालिकाको कार्यविद्यी माथी उपमेयरले असहमती जनाउदा गत साउन देखि नगरका कर्मचारीहरु देखि विद्यालायहरुका शिक्षकहरुले मासिक तलव समेत पाउन सकेका छैन । ६ महिना सम्म तलव नपाए पछि नगरका कर्मचारी तथा शिक्षकहरु गत ३५ दिन यता आन्दोलनरत छन ।

जसका कारण नगरपालिकाको कार्यलयवाट दिईने सेवाहरु प्रभावित भएको छ भने सबै कडा कार्यलयहरु र विद्यालयहरु पनि बन्द गरिएको छ । बडा कार्यलयहरु बन्द हुदा मासिक रुपमा बडा कार्यलयवाट बच्चाहरुका लागी दिईने खोप सेवाहरु पनि विगत दुुई महिना देखि बन्द्य छ भने विद्याँलयहरु बन्द हुदा यो पटक नगरपालिकाका विद्यार्थीहरु अर्धबार्षीक परिक्षा दिन पाएका छैन ।
केहि दिन अघि विद्यार्थीहरु सडक मै उत्रेर प्रर्दशन समेत गरेका थिए । तर मेयर र उपमेयरले समस्या हल नगरिकन आफनो नगरपालिकालाई प्रभावित पार्दै आएको देखिन्छ ।

नगराईन नेपाली काग्रेसका पुर्वउपसभापति विमलेन्द्र निधीको गृहनगर पनि हो । यो पटकको प्रतिनिधीसभामा निर्वाचनमा त्यस क्षेत्रवाट एमाले नेतृ जुली महतो निर्वाचित भएकी छिन । तर नेताहरुले नगरपालिका ३५ दिन देखि बन्द्य रह्दा पनि चासो देखाका छैन । त्याहाका प्रदेशसभा सदस्य काग्रेस नेता रामसरोज यादवको पहलमा तीन दिन अगाडी मेयर र उपमेयरको बैठक बसे पनि समस्याको हल निस्कन सकेको छैन ।