जसपा बैठकमा अध्यक्ष उपेन्द्र यादव विरुद्ध तीव्र असन्तुष्टि व्यक्त – Madhesh Update

जसपा बैठकमा अध्यक्ष उपेन्द्र यादव विरुद्ध तीव्र असन्तुष्टि व्यक्त

   January 4, 2023  

जसपा नेपालको सोमवार र मंगलवार सकिएको राजनीतिक समिति बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव प्रति तीव्र असन्तुष्टिहरु व्यक्त भएको नेताहरुले जनाएका छन् । सरकरमा सहभागीता, पार्टीले चयन गरेको दलको नेता र अध्यक्षको कामकारवाही वारेमा पार्टी बैठकमा यादवको तीव्र आलोचना भएको जनाइएको छ ।

संघीय परिषद अध्यक्ष रहेका सांसद अशोक राईलाई संसदीय दलको नेता किन नबनाएको भन्दै कति पय नेताहरुले अध्यक्ष यादवलाइ प्रश्न नै गरेका थिए । दलको नेतामा रामसहाय यादव सर्वसम्मतिले चयन भएका छन् ।तर राई नेता बन्ने चाहना राखेका थिए ।दलको बैठकमा उनको पक्ष कमजोर देखिएपछि यादवलाई सर्वसम्मत नेता बनाइएको थियो ।

जसपा बैठकमा राष्ट्रिय सभा सदस्य एवम् पूर्व मन्त्री मृगेन्द्रकुमार सिंह यादव, पार्टीमा प्रभावशाली नेतृ रेणु यादव लगायतका नेताहरु अध्यक्ष यादव प्रति असन्तुष्ट व्यक्त गरेका थिए । कतिपय नेताहरुले अध्यक्ष यादव संसद छिर्ने वाटो खोजीरहेको भन्दै ती काम पार्टीका लागी घातक सावित हुने पनि बताएका थिए । कतिपय नेताहरुले आज अध्यक्ष यादव जितको भए उपप्रधानमन्त्रीको सपथ खाईसकेको हुन्थयो भनेर व्यंग पनि गरेका थिए ।