मधेशीहरुको राष्टियता माथी किन सधै प्रश्न ? – Madhesh Update

मधेशीहरुको राष्टियता माथी किन सधै प्रश्न ?

   June 13, 2020  

जनता समाजवादी पार्टीका नेताद्धय उपेन्द्र यादव र राजेन्द्र महतोले मधेशी समुदायको राष्टियता माथी किन शंका भनेर संसदमा प्रश्न उठाएका छन । नेपालको नक्शा संशोधनको सत्रलाई सम्बोधन गर्दै यादव र महतोले सबै राष्टघाती कामहरु प्रमुख दलका नेताहरु गर्ने कि मधेशीहरुलाइ राष्टभाती भन्ने भनेर काग्रेस र कम्युनिष्टको आलोचना गरे । यादवले भने, आन्तरिक एकता वलियो नहुन्जेल सम्म बाहिरि शक्क्रिसंग वलियो गरि बस्न सकिन्न । उनले महाकालिन सन्धी देखि अन्य सबै सन्धी समझौताहरु काग्रेस र कम्युनिष्टहरुलेगरेको भन्दै भारतसगं कुशलतापुर्वक संवाद गर्न समेत सरकारलाई सुझाए । भारतसंगको वार्ता अघि अघि काग्रेस र कम्युनिष्टले गरेको गल्तीको माफी पनि माग्न उनले आग्रह गरे ।

यसैगरि महतोले मधेशीहरुलेकहिले सम्म राष्टियताका लागी अग्निपरिक्षा दिनु पर्ने भन्दै देश वेचुवाहरुको नाम अव सार्वजनिक गरेर टुडिखेलमा लाने पनि चेतावनी दिए । महतोले सविधान प्रति मधेशी, दलीत जनजाती लयातका समुदाय सन्तुष्ट नरहेको भन्दै यसको संशोधनको विकल्प् नरहेको पनि चेतावनी दिए ।

जसपाले पनि २३ बुदे संविधान संशोधन प्रस्ताव दर्ता गराएका छन ।