शनिवार देखि विरगंजमा अनिश्चिकालीन निषेधआज्ञा

शनिबारदेखि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा लागु गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगर क्षेत्रमा शनिबार बिहान ५ बजेदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
वीरगन्जमा केहिदिन यता कोरोनाको लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएको, तीन दिनमै ३ जना संक्रमितको मृत्यु भएको र आइसोलेसनमा रहेका केहि संक्रमितको अवस्था गम्भीर देखिएकोले स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा लगाएको हो ।
संक्रमण थप फैलन नदिन तथा कोरोनाको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाइ प्रभावकारी बनाउन वीरगन्ज महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले बताए ।
निषेधाज्ञा जारी भएपछि महानगर क्षेत्रमा सर्वसाधरणलाइ घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।
पर्सामा शुक्रबार साँझ मात्रै ९ जनामा कोरोनाको संक्रमण थप पुष्टि भएको छ ।
शुक्रबार साँझ मृत्यु भए पश्चात कोरोना पुष्टि भएकी १७ वर्षीय युवतीसहित ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।
संक्रमित ५ देखि ५२ वर्षका रहेका छन् । एक जना संक्रमित रौतहटका पनि रहेका छन् । शुक्रबार संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको अघिल्लो दिन साउन ८ गते स्वाव संकलन गरिएको थियो ।