जनमत पार्टीको मधेश प्रदेशसभा संसदीय दलको नेतामा महेश यादव र प्रमुख सचेतक चन्दन सिंह – Madhesh Update

जनमत पार्टीको मधेश प्रदेशसभा संसदीय दलको नेतामा महेश यादव र प्रमुख सचेतक चन्दन सिंह

   December 31, 2022  

जनमत पार्टीको मधेश प्रदेशसभा संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन भएका छन् । अध्यक्ष डा सीके राउतले सप्तरी निर्वाचन क्षेत्र नं २(ख) बाट निर्वाचित यादवलाई दलका नेतामा चयन गरेका हुन् ।

यस्तै संसदीय दलको प्रमुख सचेतकमा चन्दनकुमार सिंह, सचिवमा शम्भु साह र कोषाध्यक्ष भाग्यश्री कुमारी चौधरी चयन भएका छन् ।

पुस ५ गते जनकपुरमा बसेको जनमत पार्टीको संसदीय दलको बैठकले अध्यक्ष राउतलाई दलको नेता र सचेतक चयन गर्ने जिम्मेवारी दिएको थियो ।