मधेशी भाषामा मधेस प्रदेशका सासंदहरुले पनि गरे सपथ – Madhesh Update

मधेशी भाषामा मधेस प्रदेशका सासंदहरुले पनि गरे सपथ

   December 30, 2022  

प्रतिनिधीसभामा सपथ लिने क्रममा पहिलो पटकमा ससदीय राजनितीमा मधेशवाट उदाएको दल जनमत पार्टीले प्रयोगमा ल्याएको मधेशी भाषामा शुक्रवार मधेश प्रदेशका ससदहरु पनि सपथ लिएका छन । जनमत पार्टीका अध्यक्ष सिके राउत सहित तीन संसदले प्रतिनिधीसभामा मधेशी भाषामा सपथ लिएका थिए । त्यस पछि आज भएको मधेश प्रदेशको नवनिर्वाचित संसदहरुको सपथमा १२ जना प्रदेश सासदहरुले मधेशी भाषामा सपथ लिएका हुन ।

केहि मैथली अभियानीहरुले मधेश प्रदेश सचिवालयमा दुुई दिन अघि ज्ञापन पत्र दिदै नेपालको भाषाहरुमा सुचिकृत नरहेको मधेशी भाषामा सपथ नदिलाउन माग गरेका थिए । ज्ञापन पत्र दिने कामको अगुवाई मैथली अभियानको नाममा आफनो भ्रष्टाचार र अपराध छोप्ने जीवनाथ चौधरीले गरेका थिए । मैथली विकास कोषको अवैद्यानिक रुपमा अध्यक्ष रहेका चौधरी जिविस धनुुषाको करोडौको भ्रष्टाचारमा मुछिएका व्यक्रि हुन । उनी विभिन्ज अपराधिक गतिविधीमा पनि संग्लन रहेको देखिएको छ । जनकपुरका केहि अगुवा समाजसेवी र पत्रकारहरुलाई प्रयोग गर्दै चौधरी आफनो भ्रष्टाचार र अपराध लुकाउन मैथली अभियानको साहारा लिदै आएका छन । विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका चौधरी कानुनतह नमिल्ने मैथली विकास कोषका अध्यक्ष हुन ।

हुनत प्रतिनिधीसभामा जनमत पार्टीले मधेशी भाषामा सपथ लिए पछि मधेशी आयोगले नै आपत्ति जनाएका थिए । तर त्यसको मधेशमा विरोध भए पछि आयोग मौन बसेका थिए ।

शुक्रवार भएको मधेश प्रदेशको नवनिर्वाचित प्रदेश्सभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले गराएका हुन्। सर्वोच्च अदालतले रोक लगाए का कारण माओवादीका २ जना प्रदेशसभा सदस्यहरुको आज शपथ ग्रहण रोकिएको छ।

मधेश प्रदेशसभा सचिवालयका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ५३ जना सदस्यहरुले नेपाली भाषामा शपथ लिएका छन्। ४८ प्रदेशसभा सदस्यहरुले विभिन्न मातृभाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

बज्जिका भाषामा १३ जना प्रदेशसभा सदस्यहरुले शपथ लिए। १२ जनाले मधेशी भाषामा सपथ लिएका हुन । मैथिली भाषामा ११ जना, ७ जना भोजपुरी भाषामा, मगही र हिन्दी भाषामा २/२ जना र एक जनाले उर्दुमा उर्दु भाषामा शपथ लिएका छन ।