मधेश प्रदेश कांग्रेस संसदीय दलको नेतामा कृष्णा यादव निर्वाचित – Madhesh Update

मधेश प्रदेश कांग्रेस संसदीय दलको नेतामा कृष्णा यादव निर्वाचित

   December 29, 2022  

मधेस प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । जनकपुरधामस्थित पार्टी कार्यालयमा भएको निर्वाचनमा कृष्ण यादव भारी मतान्तरले निर्वाचित भएका हुन् । कृष्णले २२ मध्ये १८ मत पाउँदा अर्का उम्मेदवार रामसरोज यादवले मात्र ४ मत पाए ।

पार्टीको प्रदेश अधिवेशनमा कृष्णसँग राजसरोज पराजित भएका थिए । यसअघि मधेस प्रदेशमा रामसरोज संसदीय दलको नेता थिए । ०७४ मा सर्वसम्मत रुपमा संसदीय दलको नेता बनेका रामसरोज यसपटक कृष्णसँग भारी मतान्तरले पराजित भए ।