जसपाले आउदो शनिवारका लाई बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक – Madhesh Update

जसपाले आउदो शनिवारका लाई बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

   December 28, 2022  

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते शनिवार बस्ने भएको छ। राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूची तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
यस्तै, जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ। चुनावी समीक्षा, विधान अधिवेशन, संगठन तथा आगामी कार्यदिशा लगायतका अजेन्डामा बैठक केन्द्रीत हुनेछ। बैठक पार्टी कार्यालय बालकुमारीमा बस्नेछ।

जसपाको दलको नेतामा रामसहाय यादव निर्विरोध 

जसपा नेपालको संसदीय दलको नेतामा रामसहाय यादव निर्विरोध चयन भएका छन्। यादव पार्टी अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र मानिन्छन्।  संसदीय दलको नेतामा अशोक राईले दाबी गर्दै आए पनि यादव निर्विरोध दलको नेतामा चयन भएका हुन्। प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।