धनुषामा रेलले किचेर एक जनाको मृत्यु – Madhesh Update

धनुषामा रेलले किचेर एक जनाको मृत्यु

   December 28, 2022  

रेलले किचेर धनुषामा एक जनाको मृत्यु भएको छ। भारतको जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलबाट किचिएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मृत्यु हुनेमा नगराइन नगरपालिका राघोपुरका पुरन दास रहेका छन्।

जयनगरबाट जनकपुरधामको लागि छुटेको रेल विदेह नगरपालिका वडा नम्बर ९ स्थित वैदेही स्टेसनमा चढ्ने क्रममा दासको मृत्यु भएको हो।

रेल खुलिसकेपछि चढ्ने क्रममा दासको खुट्टा अड्किएपछि सोही रेलले किचिएको प्रहरीले जनाएको छ।

वैदेही स्टेशनबाट हिंडिसकेको रेलमा जबरजस्ती चढ्ने क्रममा यो घटना भएको रेल्वे महाप्रबन्धक निरञ्जन झाले बताए।