सीके राउतले सपथ लिएको ‘मधेशी भाषा’माथि मधेशी आयोगको प्रश्न
जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतले प्रतिनिधि सभा सदस्यको सपथ लिँदा ‘मधेशी भाषा’ मा लिएको विषयबारे मधेशी आयोगले प्रश्न उठाएको छ।
भाषा आयोगबाट सरकारी कामकाजका भाषासम्बन्धी सिफारिसहरु र मधेशी आयोगमा पनि ‘मधेशी भाषा’ सूचीकृत भएको नदेखिएको आयोगले जनाएको छ। उक्त बिषयमा आयोगले शुक्रबार संसद् सचिवालयलाई पत्र लेख्दै कुन आधारमा मधेशी भाषामा सपथ लिन दिएको भनेर सोधेको छ।
‘हालसम्म भाषा आयोग बाट प्रकाशित गरिएको ‘सरकारी कामकाजका भाषा सम्बन्धि सिफारिसहरु–२०७८’ र मधेशी आयोगमा ‘मधेशी भाषा’ सुचिकृत नभएको देखिएकोले सो भाषामा प्रतिनिधि सभाका सदस्यहरुले औपचारिक कार्यक्रममा सपथ लिनु गम्भीरताको विषय रहेको साथै नेपालमा विद्यमान रहेका सूचीकृत अन्य भाषहरुमाथि नकारत्मक प्रभाव परेको देखिन्छ,’ आयोले संसद् सचिवालयलाई लेखेको पत्रमा भनिएको छ, ‘सो सम्बन्धमा यस आयोगलाई श्री संघीय संसदको सचिवालयले कुन आधारमा मधेशी भाषामा सपथ लिन मान्यता दिएको भनी स्पष्ट हुने गरी जानकारी गराइदिनुहुन निर्देशानुसार अनुरोध गरिएको छ।’