प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच सत्ता समीकरणबारे छलफल – Madhesh Update

प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच सत्ता समीकरणबारे छलफल

   December 23, 2022  

प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बालुवाटारमा शुक्रबार भएको भेटका क्रममा उनीहरूबीच सत्ता समीकरणबारे छलफल भएको थियो ।

राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएको समय दुई दिन बाँकी रहँदा उनीहरूबीच भेटवार्ता भएको हो ।

संसदमा चार सिट रहेको लोसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेको बताइएको छ ।