रेशम चौधरीका सांसद बुुबा लालवीर प्रवेश गरे नागरिक उन्मुक्ति पार्टी – Madhesh Update

रेशम चौधरीका सांसद बुुबा लालवीर प्रवेश गरे नागरिक उन्मुक्ति पार्टी

   December 23, 2022  

बर्दिया २ बाट स्वतन्त्र सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । छोरा रेशम चौधरीले खोलेको नागरिक उन्मुक्ति पार्टीमा शुक्रबार स्वतन्त्र सांसद लालवीर चौधरी औपचारिक रुपमा प्रवेश गरेका हुन् ।

लालबीरलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीका र खादा लगाइदिएका थिए । लालबीर रेशम चौधरीका बुवा हुन् भने रञ्जिता रेशककी श्रीमती हुन् ।

गत मंसिर ४ गते सम्पन्‍न प्रतिनिधिसभाको चुनावमा बर्दिया २ बाट २६ हजार ५२० मत ल्याएर निर्वाचित भएका थिए । लालवीरले सत्ता गठबन्धनका उम्‍मेदवार सुरेश पन्थ र एमाले गठबन्धनका उम्‍मेदवार पंकजसिंह राठौंरलाई पराजित गरेका थिए ।

यो सँगै नागरिक उन्मुक्ति पार्टीको संसदमा ४ सिट पुगेको छ ।