मधेश प्रदेशमा ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले अन्य संसदहरुलाई सपथ खुवाउने – Madhesh Update

मधेश प्रदेशमा ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले अन्य संसदहरुलाई सपथ खुवाउने

   December 21, 2022  

मधेश प्रदेशका प्रदेश सभाका सांसदहरुलाई शपथ खुवाउने ज्येष्ठ सदस्यको टुंगो लागेको छ । प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले ज्येष्ठताका आधारमा नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य गोविन्द बहादुर न्यौपाने (सप्तरी) ले शपथ गराउने चय भएको जानकारी दिए । न्यौपानेको उमेर ७१ वर्षको रहेको छ ।

यद्यपि न्यौपाने अस्वस्थ रहेमा शारदा शंकर कलवारले सांसदहरुको शपथ गराउने तयारी भएको उनको भनाइ छ । शारदा शंकरको उमेर ७० वर्ष रहेको छ ।

प्रदेश सभा सदस्यलाई शपथग्रहण कहिले गराउने भन्नेबारे भने अहिलेसम्म निश्चित भएको छैन । सचिवालयले अगामी आइतवार सर्वदलीय बैठक बोलाएको छ । सो बैठकबाट शपथ ग्रहणको मिति तय हुने बताइएको छ ।