जनमत पार्टीको संसदीय दलको नेतामा सीके राउत, उपनेतामा अब्दुल खान – Madhesh Update

जनमत पार्टीको संसदीय दलको नेतामा सीके राउत, उपनेतामा अब्दुल खान

   December 19, 2022  

जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पार्टीको संसदीय दलको नेता चयन गरिएको छ। आइतबार र सोमवार काठमाडौं जनमत पार्टीका सांसदहरूको बैठकले सर्बसम्मतरुपमा दलको नेतामा राउतलाई चयन गरेको छ भने उपनेतामा अब्दुल खानलाई चयन गरेको छ ।

पहिलोपटक संसदीय राजनीतिमा होमिएका डा राउतले सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतान्तरले पराजित गरेका थिए।

प्रतिनिधि सभामा जनमत पार्टीले एक प्रत्यक्ष र पाँच जना समानुपातिक गरी ६ जना सांसद जितेको छ।

त्यस्तै, प्रमुख सचेतकको जिम्मेदवारी अनिता साहलाई दिइएको छ। सचेतकको जिम्मेवारी विनिता सिंह दनुवारलाई दिइएको छ।

त्यस्तै, सचिवको जिम्मेदवारी गोमा लाभ सापकोटा र कोषाध्यक्षको जिम्मेवारी सोनु मुर्मुलाई दिएको जनमत पार्टीले जनाएको छ ।