धनुषाको नगराइन नगरपालिका १२ दिनदेखि ठप्प, नागरिकको सेवा प्रभावित – Madhesh Update

धनुषाको नगराइन नगरपालिका १२ दिनदेखि ठप्प, नागरिकको सेवा प्रभावित

   December 14, 2022  

धनुषाको नगराइन नगरपालिकाका सम्पूर्ण कार्यालय १२ दिनदेखि ठप्प छन् । नगरपालिकाभित्रका कार्यालयका कर्मचारी, विद्यालयका शिक्षकहरूले साउनदेखि तलब सुविधाहरु पाएका छैनन् । दशैँ, तिहार, छठ लगायतमा पनि कर्मचारी तथा शिक्षकले सेवा सुविधा नपाएपछि उनीहरू विरोधमा उत्रिएका हुन् ।

‘विद्यार्थीले पुस्तक पाएका छैनन् । छात्रवृत्तिलगायत अन्य विषयहरूमा काम भएको छैन’ एक विद्यालयका प्राध्यापक अनुज मिश्रले भने, तलब नपाए पनि हामीले १२ महिनादेखि काम गर्यौं तर आजभोलि भन्दै तलब खुवाएन । तलब खुवाउने अझै सम्भावना नदेखेपछि विद्यार्थी तथा कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् ।’

विद्यार्थी र कर्मचारीले मेयर तथा उपमेयरको पुतला समेत जलाएका छन् भने गाडीमा पनि तोडफोड भएको छ ।