प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुर विचमा छलफल – Madhesh Update

प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुर विचमा छलफल

   December 13, 2022  

प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच मंगलबार भेटवार्ता भएको छ । ठाकुरले  प्रधानमन्त्री देउवालाई साँझ भेटेर सरकारमा सहभागी हुने बारे जानकारी जानकारी गराएका हुन् ।

हिजो बसेको लोसपाको शीर्ष नेताको बैठकले गरेको निर्णयबारे जानकारी गराउँदै गठबन्धन नेतृत्वको सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि नयाँ सरकार गठनका लागि दलहरूले पहल कदमी अघि बढाउने बुझिएको छ । लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ ।