दलीत र मुस्लीमलाई हटाउदै जसपाले मनिष सुमनलाई बनायो मधेस प्रदेशमा समानुपातिक सांसद – Madhesh Update

दलीत र मुस्लीमलाई हटाउदै जसपाले मनिष सुमनलाई बनायो मधेस प्रदेशमा समानुपातिक सांसद

   December 12, 2022  

जनता समाजवादी पार्टीले मधेश प्रदेशको समानुपातिक तर्फ दलीत र मुस्लीमलाइ आएको मौका वाट बन्चित गर्दै उच्च समुदायका मनिष सुमनलाई समानुपातिक सासद बनाएको छ । मधेशी अल्पसंख्यकको कलस्टरवाट पुुरुष एक जना सासद पाएको जसपाले बन्दसुचीमा रहेका दलीत समुदायका चन्देश्वर सदा र मुस्लीम समुदायका युसुफको नामलाई रणनितीक रुपमा गलत व्याख्या गर्दै सुमनलाई अल्पसंख्यक समुदायको प्रदेश सासद बनाएको छ ।

जसपामा विवाद हुदा शनिवार सुमन सहित सदा र युसुफ गरि तीनै जनाको नाम निर्वाचन आयोगमा पठाईएको थियो । तर सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समानुपातिकतर्फ मधेस प्रदेशसभामा पठाउने सात नेताको अन्तिम नाममा सदा र युसुफको हटाउदै सुमनको नाम सिफारिस गरिएको छ ।

सोमवार जसपाले पठाएको नामहरुमा मनिषकुमार सुमन (मधेसी पुरुष अल्पसंख्यक), विन्दुकुमारी यादव (मधेसी महिला), शोभा देवी (मधेसी महिला अल्पसंख्यक), ललिता दास (दलित महिला), शाहिदा खातुन (मुस्लिम महिला), किरण साह (मधेसी महिला), ममता मण्डल (आदिवासी जनजाति महिला) को नाम सिफारिस गरेको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फ सोमबारसम्म बन्दसूचीमा रहेको नाम सच्याउन समय दिएको छ ।