जसपा महोत्तरीका नेता महेश यादव जनमत पार्टीमा प्रवेश – Madhesh Update

जसपा महोत्तरीका नेता महेश यादव जनमत पार्टीमा प्रवेश

   December 12, 2022  

जनता समाजवादी पार्टी महोत्तरीका नेता महेश कुमार यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।सोमबार जनकपुरधामस्थित जनमत पार्टीको केन्द्रीय सचिवालयमा पुगेर जसपाका महोत्तरी जिल्ला सदस्यसमेत रहेका नेता यादवले पार्टी प्रवेश गरेका हुन् ।

नेता यादवलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले फूलमाला र दोसल्ला लगाएर पार्टीमा स्वागत गरेको छ ।नेता यादव जनमत पार्टीको सदस्यतासमेत ग्रहण गरेका हुन् ।

जनमत पार्टीका केन्द्रिय अध्यक्ष सिके राउत गत ४ मंसीरको निर्वाचनमा सप्तरी दुुईमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रतिनिधीसभा सदस्यमा फराकिलो मतानान्तरले पराजित गरेका थिए ।