जसपाको मधेश प्रदेशमा लफडा – Madhesh Update

जसपाको मधेश प्रदेशमा लफडा

   December 11, 2022  

मधेश प्रदेशको समानुपातिक सूचीलाई लिएर जनता समाजवादी पार्टी नेपाल (जसपा) मा विवाद उत्पन्न भएको छ । मधेश प्रदेशमा प्रत्यक्षमा नौ सीट जितेको जसपाले समानुपातिकमा सात सीट पाएको छ ।

सात सीटमध्ये ६ जना महिला र एकजना पुरुष चयन गर्नुपर्नेमा विवाद देखिएको हो । एकजना पुरुष पठाउनुपर्नेमा त्यहाँ ३ जनाको नाम आएका छन् । मधेसी कोटामा मनिष सुमन, दलित कोटामा चन्देश्वर सदा र मुस्लिम कोटामा मोहम्मद युसुफ खाँको दावी रहेको छ ।

हिजो बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा मुख्य विवाद यसैमा थियो । स्रोतका अनुसार बैठकमा कुरा नमिलेपछि सातजना महिला र तीनजना पुरुषसहित १० जनाको नाम निर्वाचन आयोगमा पठाइएको छ । आयोगले जसको नाम टुग्याउँछ, त्यसलाई पार्टीले स्वीकार गर्ने भनेर १० जनाको नाम पठाएको एक नेताले जानकारी दिए ।

आयोगमा महिलामा बिन्दु यादव, किरण साह, ममता मण्डल, शोभादेवी साहु, सहिदा खातुन, सन्जिला यादव र ललिता बिद्रोहीको नाम गएको छ भने पुरुषमा मनिष सुमन, चन्देश्वर सदा र युसुफको नाम गएको छ । तीनजना पुरुषमध्ये एकजना जुन कलष्टरबाट चयन हुन्छन् सोही कलष्टरको आधारमा सातजना महिलामध्ये एकजनाको नाम हटाइने बताइएको छ ।