नागरिक उन्मुक्ति पार्टीको भोली शुक्रवार केन्द्रीय समिति बैठक बस्दै – Madhesh Update

नागरिक उन्मुक्ति पार्टीको भोली शुक्रवार केन्द्रीय समिति बैठक बस्दै

   December 8, 2022  

नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । भोली मंसिर २३ गते शुक्रबार दिउँसो ३ बजे कोटेश्वरमा बैठक बोलाइएको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

संसदमा पार्टीको भूमिका र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले बताइन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि पार्टीको केन्द्रीय समिति बैठक बस्न लागेको यो पहिलो पटक हो । पहिलोपटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा तीन सिट जितेको छ । यद्यपि राष्ट्रिय दल बन्न भने सकेन ।

उसलाई सरकारमा सहभागी गराउन सत्ता गठबन्धनका नेताहरुले प्रयास पनि गरे । तर सो पार्टीका नेता रेशम चौधरीले भने सरकारमा नजाने बताइसकेका छन् ।