जनमत पार्टीको केन्द्रीय समिति बैठक – सरकारमा सहभागीता वारेमा साकारात्मक – Madhesh Update

जनमत पार्टीको केन्द्रीय समिति बैठक – सरकारमा सहभागीता वारेमा साकारात्मक

   December 8, 2022  

संसदीय दलको विद्यान अनुुमोदन र समानुुपातिक सुचि तय

सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति बैठक विहिवार काठमाडौमा बसेको छ । बैठकले जनमत पार्टीको संसदीय दलको विद्यान अनुमोदन गर्नुको साथै समानुपातिक तर्फको नामहरु तय गरेको छ । कोटेश्वरस्थित एक होटलमा बसेको बैठकमा त्यसको साथै निर्वाचनको समिकक्षा र सरकारमा जाने वारेमा पनि छलफल भएको उक्त पार्टीका उपाध्यक्ष अब्दुल खानले बताए । बैठकमा अधिकाश नेताहरुमा सरकारमा सहभागीता वारेमा साकारात्मक रहेको उपाध्यक्ष खानले बताए । यसको अन्तिम निर्णय अवस्था हेरेर पार्टी अध्यक्षज्यु गर्ने भए पनि पार्टी सरकारमा जाने वारेमा सैगमा साकारात्मक छलफल गरेको खानको भनाई छ ।

जनमत पार्टीका अनुसार यो बैठक पार्टीको नियमित बैठक नै हो। जनमत पार्टीको केन्द्रीय समिति बैठक हरेक ६ महिनामा बस्ने नियम अनुसार नै यो बैठक बसेको उनले बताए।

गएको ४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जनमत पार्टीका अध्यक्ष राउतले सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेपछि यो पार्टीको चर्चा चुलिएको छ। साथै समानुपातिकतर्फ पनि यो पार्टीले थ्रेसहोल्ड कटाएको छ।

पछिल्लो केही समययता यो पार्टीका अध्यक्ष राउत सत्ता-गठबन्धनसहित अन्य सबै पार्टीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन्। सत्तागठबन्धनसँग जनमत पार्टीले केन्द्र र मधेश प्रदेशमा सत्ता सहयात्रा नै गर्ने गरी कुरा अगाडि बढाएको छ।