रौतहट – प्रतिनिधीसभा तर्फ बुुबाले निर्वाचन हार्दा मेयर छोराले गरे ६४ कर्मचारी बर्खास्त गर्ने निर्णय – Madhesh Update

रौतहट – प्रतिनिधीसभा तर्फ बुुबाले निर्वाचन हार्दा मेयर छोराले गरे ६४ कर्मचारी बर्खास्त गर्ने निर्णय

   December 7, 2022  

रौतहट निर्वाचन क्षेत्र ३ मा प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार रहेका ओमप्रकाश जैसवाल पराजित भएपछि उनका छोरा कटहरिया नगरप्रमुख अजयप्रकाश जैसवालले एकै दिनमा ६४ जना कर्मचारीलाई हटाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रहेका ओमप्रकाश जयसवालले गत ४ मंसीरमा पार्टीवाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए । जाहा उनी प्रभु साहसंग ७ हजार बढी मतको अन्तरले पराजित भए । रौतहट क्षेत्र नम्बर ३ मै पर्ने कटहरिया नगरका मेयर र पराजित जैसवालका छोरा आफनो नगरपालिकामा करारमा कार्यरत ६४ जना कर्मचारीलाई बुबालाई निर्वाचनमा नसघाएको भन्दै एकै दिन हटाएका हुन ।  एमाले वाट विद्रोह गरेका प्रभु साहलाई कमजोर बनाउन एमालेले जयसवाललाई खुल्ला रुपमा त्याहा समर्थन गरेका थिए ।

त्यस पछि पनि पराजित भए पछि छोरा मेयरले सफाइ कर्मचारी, स्वास्थकर्मी, इन्जिनियर लगायतका करारका कर्मचारीहरु हटाएका छन । गत १४ गते बसेको नगरपालिकाको बोर्डको निर्णय अनुसार उनीहरुलाई हटाइएपछी कैयौं कर्मचारीले आफूमाथि अन्याय भएको भन्दै विरोध समेत गरेका थिए ।

कटहरिया नगरपालिकामा कार्यरत करारका अधिकांश कर्मचारी गत निर्वाचनमा मेयरका बुबा ओमप्रकाश जैसवालको प्रचारप्रसारमा खुलेर हिँडेका थिए।

कटहरिया नगरपालिका वडा ३ का अध्यक्ष श्यामाकान्त यादवले विकास निर्माणको बजेट समेत मेयर जैसवालले जथाभाबी आफ्नो बुबाको चुनावमा खर्चिएका आरोप लगाएका छन । उनले त्यसको छानबिनको पनि माग गरेका छन ।