कलैया उपमहानगरपालिकामा रहेको सिंचाइ कार्यालयबाटै गाडीका ब्याट्री चोरी – Madhesh Update

कलैया उपमहानगरपालिकामा रहेको सिंचाइ कार्यालयबाटै गाडीका ब्याट्री चोरी

   December 5, 2022  

कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको सिंचाइ कार्यालय परिसरमा रहेका ५ वटा गाडीका ७ वटा ब्याट्री चोरी भएको छ । कलैया उपमहानगरको ग्रेडरको १५० एम्पियरका २ वटा ब्याट्री र ५ वटा ट्याक्टरका १०० एम्पिपयरका ५ वटा ब्याट्री चोरी भएको नगर प्रमुख बिनोद साहले जानकारी दिए ।

७ जना ट्राफिक प्रहरी र ४ जना कलैया उपमहानगरपालिकाका स्टाफ बस्ने गरेको स्थानबाटै चोरी हुनु लज्जास्पद भएको प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताए । साहले लगभग ३ लाखको हाराहारीमा पर्ने ब्याट्री चोरी भएको बताए ।

अस्थायी ट्राफिक पोस्ट कलैयाको प्रांगणबाट सो मात्रामा चोरी हुनुलाई अत्यन्तै गम्भीरताका साथ लिनुपर्ने मेयर साहले जनाएका छन् । चोरी भए पनि आजैबाट नयाँ ब्याट्री जडान गरेर भएपनि सरसफाइ महाअभियानलाई जारी राख्ने मेयर साहले बताए ।

बारामा पछिल्लो समयमा चोरीको घटनामा वृद्धि हुँदा नागरिक समाज चिन्तित भएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताए ।