धनुषामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु, ९ घाइते – Madhesh Update

धनुषामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु, ९ घाइते

   December 3, 2022  

धनुषामा विंगर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । नौ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट इटहरी जन्ती गएर फर्किँदै गरेको विंगर आज बिहान साढे ४ बजे धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु भएकाहरुमा धनुषाको मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीया रुवी साह, महोत्तरी पिपरा गाउँपालिका २ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ७ ससौलाकी १३ वर्षीया सृजना साह, १८ वर्षीया मञ्जु साह र गाडी चालक धनुषाको धनौजी गाउँपालिका ४ का २५ वर्षका अब्दुल मन्सुर छन् । सृजना र मञ्जु दिदी बहिनी हुन् भने रुवी र एस फूपू भतिज रहेको परिवारजनाले जनाएको छ ।