देशको अस्तीत्व नै संकटमा पार्ने छुट ओलीलाई छैन – राजेन्द्र महतो – Madhesh Update

देशको अस्तीत्व नै संकटमा पार्ने छुट ओलीलाई छैन – राजेन्द्र महतो

   July 16, 2020  

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मुलुककै अस्तीत्व संकट पार्न उद्धत रहको आरोप लगाएको छ । महतोले विश्वभरीको हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र रहेको अयोध्या वारेमा अनापसनाप टिप्पणी गर्नु गलत भएको भन्दै यसप्रति सतारुढ दल नेकपा, उनको नेतृत्व गरेको सरकार, प्रतिपक्षी दलहरुसहित नागरिक समाज पनि सचेत हुनुपर्ने खाचो देखिएको बताए । पछिल्लो समयमा प्रधानमन्त्री ओलीले भारतलाई लक्षित गरेर अनावश्यकहरु टिप्प्णीहरु गर्न थाल्नु राम्रो नभएको भन्दै भारतसंगको सम्बन्ध बिगारेर कसैको फाइदा नहुने बताए ।

मधेश अपडेटसंग कुरा गर्दै महतोले हालै ओलीले रामजन्मभुमि वारे्मा दिएको अभिव्यक्ति वारेमा नेकपाले समेत जवाफ दिनु पर्ने बताए । प्रधानमन्त्री को दल नेकपाले समेत यसवारेमा धारणा सार्वजनिक गर्नु पर्ने भन्दै नेकपाले र प्रधानमन्त्रीले चाह्दैमा मुलुकको अस्तीतव नै संकटमा पार्न नमिल्ने महतोले बताए ।

आफनो निहित स्वार्थको लागी भारतको वारेमा अनावश्यक टिप्पणी गर्नु खेदजनक भएको भन्दै आफुहरु यसको विपक्षको रहेको समेत महतोले बताए । जनकपुर र अयोध्याको परापुर्वकाल देखि सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको बताउदै महतोले त्यसलाई कसेलै चाह्दैमा नखल्बलीने दावी गरे ।

गत सोमबार एउटा कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले भारतले नक्कली अयोध्या खडा गरेर नेपाल माथी सास्कृतिक आक्रमण गरेको अभिव्यक्ति दिएका थिए । त्यसको चौतर्फी विरोध भए पछि पराराष्ट मन्त्रालयले त्यसको बचाउमा विज्ञप्ती निकालेका थिइ । जनकपुरमा साधुसन्तहरुको अगुवाईमा ओलीको अभिव्यक्तिको विरोध गर्दै प्रर्दशनहरु समेत भइरहेका छन ।