जसपा – तत्कालीन चुनौती एवं कार्यभार – Madhesh Update

जसपा – तत्कालीन चुनौती एवं कार्यभार

   July 15, 2020  

संतोष मेहता, जसपा नेता

बैकल्पिक राजनीति एजेन्डा र दल निर्माण गर्ने उद्घोषका साथ राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकृत भइ जनता समाजवादी पार्टीको निर्माण भएको छ । सरकार र तिनको दलको विभिन्न षड्यन्त्रका बाबजुद एकीकृत भइ बनेको नयाँ दलको प्रमाणपत्र निर्वाचन आयोगले प्रदान गरिसकेको छ । जनतालाई काङ्ग्रेस कम्युनिस्टको विकल्प दिन जसपाको परिकल्पना, सिद्धान्त, विचार, नीति, कार्यक्रम, संगठन, नेतृत्व, कार्यशैली सबै हिसाबले नयाँ र उन्नत बनाउने लक्ष्य हुनुपर्छ । अधुरो रहेको मधेस-थरुहट र जनजाति आन्दोलनलाई पूर्णता दिन सक्नुपर्छ । जसपाको परिकल्पना अनुरुप नेतृत्व भएन भने लक्ष्य हासिल गर्न संशय पैदा हुन्छ । जसपा सुस्पष्ट ढंगले आफू १०ं+१ पहिचान प्रदेशको पक्षधर रहेको, समानुपातिक समावेशी हुनुपर्ने तथा वञ्चित, किनारिकृत जाति समुदायले विशेष संरक्षण पाउनुपर्ने पक्षकार रहेको छ । त्यसका निम्ति आन्दोलन वा जनमत हासिल गर्ने आगामी रणनीति हुने पनि निश्चितै छ, त्यही रणनीतिक लक्ष्य प्राप्त गर्न शीर्ष नेतृत्व पनि स्थापित गर्नैपर्छ । जसपाको हाल कायम रहेको ५१ सदस्यीय केन्द्रिय नेतृत्वको विश्लेषण गर्दा लक्ष्य अनुरुप नेतृत्व परिमार्जन आवश्यक देखिन्छ ।

१. त्यसअनुरुप आफूले कल्पना गरेको १०+१ वटै पहिचान प्रदेशबाट केन्द्रीय नेतृत्वमा ल्याउने रणनीति आवश्यक हुन्छ कि हुँदैन ?

२. प्रदेश नं. १ भनेको मुख्यतः पहाडी ब्राह्मण (खस), लिम्बुवान, खम्बुवान (किराँत) र कोच (मधेस) पहिचान भएको प्रदेश हो, १० प्रदेश हुँदा यो भुमि तीन पहिचानमा बाँडिने हो । विगतको मधेस आन्दोलनको समेत आधार रहेको तथा झापा(मोरङ(सुनसरी सहितको मधेस प्रदेश हुनुपर्छ भनेर संविधान निर्माण बहिस्कार, नाका केन्द्रित ६(६ महिना लामो आन्दोलन, स्थानीय निर्वाचन बहिष्कार, सयौंको शहादत भएको हो । त्यस्तो संवेदनशील महत्त्वपूर्ण प्रदेश एकबाट मधेस नै आधार क्षेत्र रहेको जसपामा कोच मधेसी राख्नु र अटाउनु आवश्यक हुन्छ कि हुँदैन ?

३. १०+१ प्रदेशको कल्पनामा सबैभन्दा उत्पीडित समुदाय दलित त्यसमा पनि सीमान्तकृत मधेसी दलितको प्रतिनिधित्व मधेस नै आधार क्षेत्र रहेको जसपामा आवश्यक हुन्छ कि हुँदैन ?

४. समावेशी पार्टीको परिकल्पना गरिरहँदा प्रमुख तीन समुदाय खस(आर्य, पहाडी जनजाति र थारु(मधेसी लगभग बराबर जनसंख्या रहेको अवस्थामा मधेसबाट ५९५, खसबाट २३५ र जनजातिबाट १८५ को असन्तुलित सहभागितालाई समानुपातिक गर्दै लैजाने प्रण लिने कि नलिने ?

५. तराई र मधेस नै आधारक्षेत्र रहेको पार्टीमा तराईली (मधेसीको मुख्य क्लस्टर मध्ये फरवार्डको ३३५, यादवको ३०५, बैश्यको १७५, थारुको १०५, दलितको ०५, कुशवाहरकोइरिको ०५, तराई जनजातिको ०५ र अति पिछडा बर्गको ०५ को अमिल्दो सहभागिता र शून्य सहभागितालाई तत्काल सच्याउने कि नसच्याउने ?

६. पहाडी जनजातिमध्ये मुख्य क्लस्टर नेवारको ४५५, राई २२५, लिम्बू २२५, तामाङ ११५, गुरुङ, मगर, शेर्पाको ०५ को अमिल्दो सहभागिता र शून्य सहभागितालाई सम्बोधन गर्ने कि नगर्ने ?

७. खस (आर्य मध्ये मुख्य क्लस्टर बाहुन ४२५, क्षेत्री ३३५, दलित १७५, ठकुरी ८५, सन्यासी ०५ को लगभग मिल्दो सहभागिता भए पनि शून्य सहभागितालाई सम्बोधन गर्ने कि नगर्ने ?

८. लैङ्गिक दृष्टिकोणले पुरुषको ८६५ र महिलाको केवल १४५ को सहभागिताले गिज्ज्याएको छ, महिलाको अझ सहभागिताको परिस्थिति बनाउने कि नबनाउने ?

जसपा पुरानै पार्टीहरूको डुप्लिकेट हुने हो भने नेपाली जनतालाई अर्को भारी बोकाउन आवश्यक छैन । फरक नेतृत्व, फरक शैली, फरक बिचार महत्त्वपूर्ण कुरा हो । कङ्रेस-कम्युनिस्टको शिर्ष पाँच नेतृत्व हेर्ने हो भने मुलतः एकल नश्लिय र जातिय देखिन्छ । जसपा जन्मिदै समाबेशी शिर्ष नेतृत्व लिएर जन्मेको छ । भर्खरै भएको उप निर्वाचनको ट्रेन्ड हेर्ने हो भने जनता पुराना यथास्थितिवादी पार्टीका विकल्पको खोजीमा छन । कङ्रेसको ठाउँमा कम्युनिस्ट र कम्युनिस्टको ठाउँमा कङ्रेस रोजे, किनभने त्यही साइजको बिकल्प पार्टी उनीहरुसंग थिएन । जसपा जन्मदै एकप्रकारले कङ्रेस भन्दा ठूलो पार्टी भएर जन्मेको छ । जसपाको एउटा प्रदेशमा सरकार छ भने प्रत्यक्ष संघीय संसदमा कङ्रेस बराबरै जितेको छ । सात प्रदेश संसद मध्ये पाँचमा उपस्तिथि छ । अतस् यसपार्टिको निम्ति अगामि यात्रा तथा सम्भावना अति सुखद छ । त्यसैले हिमाल, पहाड, मधेस जोड्ने सच्चा राष्ट्रिय पार्टी बनाउनुको साथै सम्पूर्ण मधेस जोडि बिगतका जातिवादी पार्टी वा जातिवादी नेतृत्वको आरोप नष्ट गरी समग्र मधेस र मधेसीको हितैषी पार्टी बनाउनु जरुरी रहेको छ । मधेसी समाजमा पहिलेदेखि नै थारू–गैरथारू, यादव–गैरयादव, फरवार्ड–ब्याकवार्ड, हिन्दू–मुस्लिम, पहाडी, बैश्यरपचनिया, कोइरी, दलित जस्ता मतभेदका बीऊ छन् । समाजको यो गलत विभाजित संरचनालाई मधेसलाई प्रतिनिधित्व गर्ने राजनीतिक दलले समाप्त गर्नुप¥थ्यो । तर अपसोच, यो गलत सामाजिक संरचनाको ढाँचाअनुरूप नै बिगतमा मधेसी दलहरुले आफूलाई ढाले । जसलाइ अब पूर्णत रुपान्तरण गरी नष्ट गर्न सक्नु पर्दछ । यसो गरिए यो एकीकरणसँगै विभाजित मधेसी समाज पनि एक हुनेथियो साथै नेपालको भौगोलिक एकीकरण भए पनि बाकी रहेको भावनात्मक एकीकरणमा टेवा पुग्थ्यो ।

हुन त दुबै पार्टी एकताको घोषणापश्चात् पनि नेतृत्व मिलानमै समस्या भएको कारणले एकता सफल हुने नहुने द्विविधा अन्तिम समयसम्मै थियो । एकताको निम्ति दुबै पार्टीका सबै शीर्ष नेताहरूको अथक अतुलनीय प्रयास रहेकै हो । यद्यपि राजपाको तर्फबाट एकीकरणका जिम्मा पाएका श्रद्धेय नेता राजेन्द्र महतोको प्रारम्भदेखिकै अथक प्रयास र समाजवादीका डाक्टर बाबुराम भट्टराईको एक वर्षअगाडिदेखिको पहलको परिणाम पनि हो । हुन त जस्को जे सपना हुन्छ त्यस्को परिणामको निम्ति उसले त्याग नि गर्नुपर्ने रहेछ, अथक प्रयास गर्ने नेतृत्व पूर्वप्रम भइसकेका डाक्टर भट्टराई र मधेसका शक्तिशाली नेता राजेन्द्र महतोमा नि त्यो त्याग देखियो । माननीय महन्त ठाकुर र माननीय उपेन्द्र यादव संयुक्त अध्यक्ष बस्न सहमत हुनु पनि एकतालाई सफल बनाएको हो । समयावधिमै निर्वाचन आयोगमा तत्काल पुग्नुपर्ने बाध्यता भएकोले धेरै वैचारिक र संगठनात्मक कुराहरुमा छलफल बाँकी नै रहेको छ ।

जनतामा नेता र पार्टीप्रति अविश्वास, अन्यौल र निराशा छाएको बखत भएको एकीकरणपश्चात रूपान्तरण हुने साहस गरेमा नेपाली राजनीतिको कोर्स नै परिवर्तन हुन्थ्यो । त्यसका निम्ति निर्माण हुन लागेको जनता समाजवादी पार्टीको अरु पुराना परम्परागत पार्टी भन्दा फरक संरचना, नेतृत्व र सिद्धान्त हुनुपर्छ । पहिलेको जस्तो भद्दा, अव्यवस्थित सांगठनिक संरचनालाई व्यवस्थित गर्नुपर्छ । दलहरूमा हुने शून्यप्रायः आन्तरिक लोकतन्त्र मजबुत पार्नका निम्ति निर्णय प्रक्रियामा स्थानीय स्तरको नेतासमेतलाई सहभागी गराउने एवं फरक विचारको गुन्जायस नरहेको परिस्थितिमा फरक विचारको सम्मान एवं निर्णय प्रक्रियामा सहभागिता गराउने संयन्त्र विकास गर्नुपर्छ । अध्यक्षहरुको गोजीबाट अपारदर्शी ढंगले हुने आर्थिक क्रियाकलापलाई व्यवस्थित गरी पारदर्शी ढंगबाट अगाडि बढ्नुपर्छ । नेतृत्व तहको निजी आर्थिक क्रियाकलाप पनि पारदर्शी हुनुपर्दछ । पार्टीहरु पनि राज्यकै एउटा स्वरूप भएकाले राज्यमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति पृथकीकरण भएझै पार्टी जीवनमा पनि केन्द्रीय समिति, संघीय परिषद र न्याय एवं अनुशासन समितिबीच शक्ति पृथकीकरण हुनुपर्दछ । पद पाएकाले अतिरिक्त शक्तिको दुरुपयोग गर्न सक्ने भएको हुँदा शक्ति दुरुपयोग नियन्त्रण समिति, लेखा परीक्षण समिति, निर्वाचन समिति जस्ता समिति केन्द्रीय समितिभन्दा पृथक, स्वायत्त र उच्च स्तरका हुनुपर्दछ । विगतमा यस्ता समिति अध्यक्ष प्रति नै उत्तरदायित्व हुन्थे । पार्टीलाई आफ्नो प्रा.लि. जस्तै व्यवहार गर्ने नेतृत्ववर्ग एवं पदाधिकारीहरुका निम्ति एक पद, एक वा दुई पटक, एक अवधि जस्ता प्रावधान लागू गर्नुपर्दछ । बिगतमा अलगअलग रहेको बखतको एकल नेतृत्वको कार्यशैली परिर्वतन गरी सामूहिक नेतृत्वमा जानुपर्दछ । सार्वभौम कार्यकर्ता सिद्धान्तद्वारा मास–क्याडरबेस पार्टी निर्माण गरेर अगाडि बढ्न सक्नुपर्दछ । त्यसैगरी स्पष्ट माटो सुहाउँदो सैद्धान्तिक गन्तव्य तय गरी तत्कालीन कार्यभारलाई आमजनताको दैनिकी परिवर्तन हुन सक्ने गरी तयार पारिनुपर्दछ । यसो गरे यही पार्टी र यही नेतृत्वमा मधेस जनजाति दलित लगायत सिमान्त्कृत जाती समुदायले अधिकार पाउनुको साथै नयाँ समृद्ध नेपाल सम्भव हुनेछ, बाकी रहेको नेपालको भावनात्मक एकीकरण पनि हुनेछ ।

उपरोक्त बहस जसपालाई अरु पुराना चलनचल्तिकै राजनीतिक पार्टीहरुको अर्को अंग बनाउने हो कि साँच्चै व्यवहारमै वैकल्पिक राजनीतिक संस्कारसहितको पार्टी बनाउने भन्ने बहस हो । आशा गरौं नेतृत्वलगायतका अन्य वैचारिक कुरा जसपाका शिर्ष नेतृत्व र आउने केन्द्रीय समितिको बैठकबाट सबै मिल्नेछ ।

संतोष मेहता पुर्व राजपा नेपालमा प्रवक्ताको भुमिकामा थियो ।