गिरीको निधनमा मधेशी नेताहरु द्धारा श्रद्धान्जली अर्पण, लहान नगरले दियो शोक बिदा

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन प्रति मधेश कन्द्रित दलहरु लोसपा र जसपा नेपालका नेताहरु दुख व्यक्त गरेक छन । शनिवार राती गिरीको निधन भए पछि आइतवार काग्रेस पार्टी कार्यलयमा उनको शव श्रद्धान्जलीका लागी राखिएको थियो । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो सहित नेताहरु शरदसिंह भण्डारी, अनिल झा सहितका नेताहरु काग्रेस पार्टी कार्यलय पुगेर गिरीको पार्थिव शरिर माथी फुल माला सहित श्रदान्जली दिएका थिए ।
मधेश केन्द्रिय अन्य नेताहरु पनि गिरीको निधन प्रति दुख व्यक्त गरेका छन ।
सिरहाको लहान नगरपालिकाले भने गिरीको निधनमा शोक बिदा नै दिएको छ । लहान नगर प्रमुख महेश चौधरीले नेता गिरिका निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताए ।
गिरिको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ । समाजवादी चिन्तक गिरि गत विसं २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । गिरिको उपचारका क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो ।