प्रधानमन्त्री विरुद्ध जनकपुरमा प्रर्दशन – Madhesh Update

प्रधानमन्त्री विरुद्ध जनकपुरमा प्रर्दशन

   July 15, 2020  

राम जन्मभुमि अयोधयालाइ लिएर प्रधानमन्त्री केपी ओलीले दिएको विवादस्पद अभिव्यक्तिको विरोध गर्दै जनकपुरमा प्रर्दशन भएको छ । हिन्दु परिषद नेपालको जनकपुर नगर कमिटीको ब्यानरमा भएको प्रर्दशनमा साधुसन्तहरु सहित युवाहरु सहभागी भएका थिए । उनीहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोध गर्दै हिन्दु धर्मालम्बीको आस्था प्रति ओलीले चोट पुयाएको भन्दै आत्मलोचना गर्दै मार्फी माग्न नारावाजी गरेका थिए ।

जनकपुरको विभिन्न भागमा विरोध जुलुस सहिह परिक्रमा गरेका साधु सन्तको उक्त जुलुस जनक चौकमा गएर कोणसभामा परिणत भएको थियो । सोमवार प्रधानमन्त्री ओलीले आदीकवि भानुभक्त अचार्यको जन्मजयन्तीमा दिएको विवादस्पद अभिव्यक्तिको चौतर्फी विरोध भए पछि मंगलवार नेपालको परराष्टमन्त्रालयले विज्ञप्ती निकालेर ओलीको सम्बोधनको बचाउ गरेका थिए ।

भारतको अयोध्या सहित विभिन्न हिन्दु धार्मिक स्थलका अगुवाहरुले मंगलवार विरोध गर्दै नेपालमा रहेका आफुहरुको शिष्यहरुले प्रधानमन्त्री ओलीको विरुद्धमा प्रर्दशन गर्ने जनाएका थिए ।