भन्सार छलीको आशंकामा सामान सहितको ट्रक वीरगञ्ज प्रहरी नियन्त्रणमा – Madhesh Update

भन्सार छलीको आशंकामा सामान सहितको ट्रक वीरगञ्ज प्रहरी नियन्त्रणमा

   August 18, 2022  

प्रहरीले भन्सार छलीको सामान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । बिल बिजकमा उल्लेख गरिएको भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको कन्टेनर नियन्त्रणमा लिएको दाबी प्रहरीले गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले बिहीबार दिउँसो ३ बजे वीरगञ्ज–६ माईस्थान चोकबाट ना ६ ख ४३४५ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको थियो । जाँच गर्ने क्रममा बिल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका लत्ताकपडाहरू समेत फेला परेकोले ट्रक नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

बराद गरिएको सामानको मुल्य ५४ लाख ५ हजार ६ सय ३८ रुपैयाँ मुल्यांकन गरिएको छ । सामान सहितको ट्रक बिहीबार नै आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।