प्रदेश २ मा मन्त्रीस्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन – Madhesh Update

प्रदेश २ मा मन्त्रीस्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन

   July 14, 2020  

प्रदेश २ सरकारले बाढी पहिरोबाट भएका क्षतिको अगुमन र पीडितलाई राहत व्यवस्थापनका लागि मन्त्री स्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार सम्पन्‍न बैठकले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र उद्योग,वन,पर्यटन तथा संस्कृति मन्त्री राम नरेश राय सदस्य रहने गरि तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई हालै प्रदेशको आठवटै जिल्लमा आएको बाढीबाट भएको क्षतिहरुको स्थलगत निरीक्षण र अनुगमन गरि पीडितलाई उपलब्ध गराउनुपर्ने राहत तथा अन्य मर्मत सम्भारका कार्यहरुको सिफारिस प्रदेश सरकारलाई सिफारिस गर्ने जिम्मेवारी दिइएको छ ।

समितिले गरेको सिफारिसको आधारमा प्रदेश सरकारले पीडित परिवारहरुलाई राहत उपलब्ध गराउने छ ।