मधेसी पार्टी हरु को एकीकरण नै मधेस आन्दोलन को अर्को कदम हो – Madhesh Update

मधेसी पार्टी हरु को एकीकरण नै मधेस आन्दोलन को अर्को कदम हो

   August 8, 2022  

परमेन्द्र कुुमार भगत

स्थानीय चुनाव मा मोटामोटी देखियो जसपा को चार लाख, लोसपा को दुई लाख, जनमत पार्टी को एक लाख, तमलोपा र जनता प्रगतिशील पार्टी को ३० हजार, रेशम चौधरी को पार्टी को पनि केही। एक्ला एक्लै चुनाव लड़े प्रत्येक को घट्ने वाला छ। सत्ताधारी पाँच पार्टी को गठबन्धन ले फाइदा हुने कांग्रेस लाई हो, जसपा त जिल्लाराम। जसपा को त राष्ट्रिय पार्टी हैसियत नै समाप्त हुन्छ। दुई बिरालो, रोटी र बाँदर को कथा मा जसपा र लोसपा दुई बिराला, ओली, देउबा, प्रचण्ड तीन वटै पालो पालो बाँदर। सत्ताधारी पाँच पार्टी को गठबन्धन भित्र चार साना पार्टी को छुट्टै गठबन्धन हुन्छ भने फाइदा हुने प्रचंड लाई हो, जसपा त जिल्लाराम।

तर यी त भए शक्ति सन्तुलन का कुरा। मुद्दा कहाँ छ ? मुद्दा के हो ? मधेस र जनजाति आन्दोलन को संविधान संसोधन को मुद्दा परास्त भएको कि गायब भएको कि ओझल मा परेको ? संघीयता को नक्शा नै बदल्ने किसिम को त आवाज पनि आउन छोड़ेको छ। लोसपा ले चाहेको छ पछिल्लो मधेस आन्दोलन को झुठा मुद्दा फिर्ता। मान्छे मारयौ कमसेकम लाश त देउ भनेको हो त्यो । मधेस आन्दोलन कमजोर रहेको अवस्था हो त्यो ।

जसपा, लोसपा, जपा, जप्रपा, तमलोपा सबै को राष्ट्रिय पार्टी स्टेटस गुम्ने समस्या छ। गुम्यो भने एक पिढी का लागि संविधान संसोधन को मुद्दा नै हरायो। एक्ला एक्लै कांग्रेस, एमाले र माओवादी जोसुकै सँग डील गरे पनि प्रत्येक लाई घाटा छ। तर यी चार को एकीकरण हुन्छ भने देश को निर्णायक शक्ति नै हो। तेस्रो ठुलो पार्टी बने पनि, चौथो ठुलो पार्टी बने पनि मुद्दा प्रमुख हुने निर्णायक शक्ति। त्यो एकीकरण नगरेको त आफैले हो। अझ रेशम पनि। घटनास्थल मा हुँदै नभएको मान्छे। त्यो थारू मंडेला हो।

एकीकरण गरे चार जोड़ दुई जोड़ एक जोड़ चानचुन १० लाख हो। एकलै गए जसपा को चार लाख घटेर दुई लाख हुनेवाला छ। पहिला बहुदल, अनि गणतंत्र, बल्ल संघीयता, त्यो सीक्वेंस त नेपाल को ताजा ताजा इतिहास ले नै देखाएको छ। मधेस आन्दोलन को पनि स्वतः सीक्वेंस छ। पहिला संविधान संसोधन। त्यस पछि देशव्यापी भ्रष्टाचार विरोधी आन्दोलन।
बल्ल आर्थिक क्रान्ति। किसान आन्दोलन आर्थिक क्रान्ति नै त हो। ४६ साल मा संघीयता का लागि आन्दोलन संभव थिएन। जनमत को एक लाख भोट ले अबको चुनाव मा एउटा पनि सीट जित्दैन। तर पार्टी एकीकरण गरे त्यो भोट मात्र संसद मा १० सीट हो। अर्थात आफ्नो भोट नबढाए पनि मात्र पार्टी एकीकरण गरे केंद्रीय संसद मा १० जना। समय उसै पनि कम छ। जनमत ले झट्ट पार्टी एकीकरण गरिहाल्नुपर्छ। पार्टी एकीकरण नगर्ने बाटो रविन्द्रपथ हो।

गठबन्धन नै धर्म हो भने कांग्रेस एक्लै बहुमत ल्याउने प्रयासमा किन छ ? माओवादी कुनै पनि हालतमा कांग्रेस को एक्लो बहुमत आउन नदिने प्रयासमा किन छ ? देशलाई चरदलीय लोकतंत्र बनाउने जिम्मेवारी, दुइ दलीय लोकतंत्र बन्न नदिने जिम्मेवारी मधेसी पार्टी हरुको हो। चुनावी प्रतिस्प्रधा बिना लोकतंत्र परिष्कृत हुँदैन। ठुलो पार्टी को गठबन्धन तांगा को घोडा बन्ने हो भने शीर्ष नेता हरुको चुनावी विजय सम्म सुनिश्चित गराउन सकिन्छ तर पार्टी क्षय भएर जान्छ र अर्को चुनावमा अस्तित्व नरहन सक्छ। त्यो जसपा र लोसपा को हकमा लागु हुन्छ। सत्ताधारी सँग डील गर्न मरिहत्ते गर्ने तर आफु आफु सँग सम्मानजनक डील गर्न नसक्ने मधेसी नेता हरु आत्म घृणा का शिकार हुन। त्यो आतंरिक लड़ाइ नसक्ने ले बाहरी लड़ाइ कसरी हो लड्ने ? जनता ले अन्तिम त्याग सम्म गर्ने नेता हरु तर आफु आफु सँग डील पनि गर्न नसक्ने ? सबैलाई एक ठाउँमा ल्याउनु नै सीके राउत को प्रथम ठोस योगदान हुन सक्छ। स्वामी पनि हुन। त्यति समायोजन त गर्न सक्नुपर्छ।

(लेखक भगत न्यु यॉर्कमा बस्छन । सन २००५-०६ ताका नेपालको लोकतान्त्रिक आन्दोलन मा लागेका अमेरिका भरिका एक्लो फुल टाइमर नेपाली थिए। नेपाल को राजनीति बारे आफ्नो ब्लॉग मा बराबर लेखिरहन्छन – https://www.democracyfornepal.com)