धनुषा क्षेत्र नम्बर-१ मा काङ्ग्रेस बाट अरबिन्द महतो आउदै
०४६ यता को सबै संसदीय निर्वाचनमा काङ्ग्रेस बाट धनुषा क्षेत्र नम्बर एकबाट आनन्द ढुंगाना उम्मेदवार बन्दै आएकोमा यो पटक काङ्ग्रेस ले नया अनुहार त्यहा ल्याउने भएको छ । ढुंगाना उमेर समेत ले बढी भएको र मधेसको कोर क्षेत्र पर्ने भएकाले काङ्ग्रेस ले मधेशी समुदाय बाट प्रभावशाली युवा अनुहार अरबिन्द महतो लाई अगाडि ल्याउन लागेका हुन । ढुंगाना लाइ हालै काङ्ग्रेस ले अनुशासन समिति को सन्योजक बनाएका छन ।
०४६ पछि तीन चोटि ढुंगाना त्यहा बाट निर्वाचन जिते पनि मधेस आन्दोलन यता लागातार पराजित हुँदै आएको छ । अघिल्लो निर्वाचनमा ढुंगाना माओवादी नेता मातृका यादव सङ पराजित भएका थिए ।
त्यही काङ्ग्रेस ले त्यहा मधेशी समुदायका अरबिन्द महतो लाई अगाडि ल्याउन लागेका छन । हुनत ढुंगाना पनि सभापति तथा शेरबहादुर देउवा नजिक कै नेता हुन । तर पछिल्लो समयमा महतो लाई धनुषा क्षेत्र नम्बर १ बाट अगाडि ल्याउने गरि सभापति देउवा पक्ष लागेका छन । काङ्ग्रेस को १४ महाधिवेशनमा ढुुगाना सहित महतो पनि महाधिवेशन प्रतिनिधिमा मा सर्वसम्मत छानिएका थिए ।
महतो धनुषा क्षेत्र नम्बर एकमा पर्ने सबैला भटिहनका स्थाइ बासिन्दा हुन ।
नेबि संघ बाट राजनीति सुरु गरेका महतो प्रधानमन्त्री देउवा ले कुनै बेला नेपालि काङ्ग्रेस प्रजातान्त्रिक बनाउदा नेबि संघ प्रजातान्त्रिक को सरस्वती क्याम्पस एकाइ सभापति थिए । पछिल्लो समयमा महतो स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपालका अध्यक्षका रुपमा सक्रिय छन ।