महोत्तरीमा बाढी-पिडितलाई सिमामा रोक लगाए पछि थप पिडा – Madhesh Update

महोत्तरीमा बाढी-पिडितलाई सिमामा रोक लगाए पछि थप पिडा

   July 14, 2020  

महोत्तरीको सिमावर्ती गाउहरुमा बाढीहरु ले जनजवीन ठप्प भए पछि आम नागरिकको सहज पहुचमा रहेको सिमावर्ती भारतीय बजारहरुमा जान रो्क लगाए पछि थप समस्या सिर्जना भएको थियो । कोराना कहरका कारण सिमावर्ती भारतीय वजारहरुमा आउजाउ गर्न रोक लगाइए पनि पछिल्लो केहि समय यता खुकुलो पारिएको थियो । तर केहि दिन यता लागातार परेको पानीले वाढी डुवानमा परेको सिमावर्ती महोतरीका नागरिकलाई नजिकको भारतीय बजार जान नेपाली सुरक्षा वलले पुर्ण रुपमा रोक लगाइ दिएका छन ।

महोतरीको मटीहानी, सुगा, मलीवारा, बथनाहा, मडौय सहितको एक दर्जन जती सिमावर्ती गाउहरु वाढी डुवानमा परेको छ । ती गाउहरुको पहुच नेपाली वजार भन्दा सिमावर्ती भारतीय वजारमा सहज छ । भारतीय सुरक्षाकर्मीह्रले अवरोध नगरे पनि नेपाली सुरक्षाकर्मीहरु कै कारण यी गाउका नागरिकलाई वाढीको समस्यामा थप समस्या आइरहेको जसपाका नेता बृषेशचन्द्र लालले बताए ।

ती गाउहरु वाट मलाई लागातार मानिसहरु सम्पर्क गरिरहेका छन,लालले मधेश अपडेटसंग भने , तर नेपाली सुरक्षाकर्मीहरुका अवरोधका कारण त्याहा थप पिडाहरु भइरहेको छ । वाढी ढुवानका कारण आम नागरिकलाई खानामा समेत समस्या परिरहेको वेला सुरक्षाकर्मीहरुले सिमावर्ती वजार जान नदिदा नागरिकको खानपिनमा समस्या परेको छ ।

नेपाल सरकारले अहिले आफै कुनै राहत समेत नुपार्याएको वेलामा नागरिकलाई सहज पर्ने वजार जान रोक लगाए पछि जसपाका नेता लालले प्रदेश दुईको गृहमन्त्री त्रानेन्द्र यादवलाई समेत यसवारेमा हिजो नै जानकारी गराएको तर कुनै सुनवाई नभएको बताए । मैलै प्रदेश दुईको गृहमन्त्रीलाई समेत हिजै भनेको छु, लालले भने, तर उनले भने पछि पनि नेपालका सुरक्षाकर्मीहरुले टेरेन ।