जसपामा उपेन्द्र यादवद्धारा बाबुराम भटराई माथी कारवाही , भटराईद्धारा पार्टी पुर्नगठन गर्ने निर्णय

उपेन्द्र यादव पक्षको विरगंजमा बसेको केन्द्रिय समिति बैठकले बाबुराम भट्टराई लगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ । जसपाको वीरगञ्जमा बसेको बैठकले संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।
कारबाही गरिएका ९ नेतामा डा बाबुराम भट्टराई, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोब रहेका छन् ।
पछिल्लो केहि समय यता यादव र भटराईको विचमा पार्टी भित्र शक्क्ति संघर्ष वढेको थियो । दुुई पक्षको टकराव वढदै गए पछि यादवले विरगंजमा केन्द्रिय समिति डाकेका थिए भने भटराईले काठमाडौमा विस्तारित बैठक एउटै समयमा बोलाएका थिए ।
पार्टी पुनर्गठन गर्ने भट्टराई पक्षको निर्णय
जसपा नेता भट्टराई पक्षले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ ।
मंगलबार र बुधबार गरी दुई दिनसम्म काठमाडौंमा बसेको केन्द्रीय सदस्यहरुको विस्तारित बैठकले जसपा पुनर्गठनको निर्णय गरेको हो । यसबारे थप निर्णय गर्ने अधिकार कार्यकारिणी सदस्यहरुलाई दिएको छ ।
बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै डा भट्टराईले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पार्टी चल्न सक्दैन भन्ने निष्कर्षका साथ जोखिम उठाएको बताए । उनले भने, ‘उहाँकै कारणले हामी अलग अलग हुनु परेको हो, यसलाई पार्टी फुट भन्न मिल्दैन । हामी वैकल्पिक शक्ति निर्माण गर्न जाँदैछौँ । पार्टी पुनर्गठन गर्न जाँदैछौँ ।’
आवश्यकता अनुसार एकता र ध्रुवीकरणको ढोका खुला राख्ने उनले बताए । पुराना दलहरु रुपान्तरण भएर आए अहिले पनि समाजवादी केन्द्रको सम्भावना रहेको उनले बताए । भट्टराईले भने, ‘आफ्नो अलग पहिचान कायममा राखेर समाजवादी चिन्तन राख्नेहरुसँग गठबन्धन पनि हुनसक्छ ।’
पुनर्गठित पार्टी आगामी चुनावमा मधेसमा प्रमुख शक्ति बन्ने भट्टराईको दाबी छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपासँग तराईमा तालमेल हुने र पश्चिम तराईमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग तालमेल हुनसक्ने भन्दै उनले भने, ‘अन्यत्र कतै एमाले, कतै कांग्रस त कतै माओवादीसँग तालमेल हुनसक्छ ।’