मधेश प्रदेशको नयाँ बजेट सर्वसम्मतिले पारित
Madhesh Update
July 10, 2022
मधेस प्रदेशको प्रदेशसभाबाट आर्थिक वर्ष ०७९/०८० को बजेट सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेको आर्थिक विधेयक २०७९ र कर तथा गैरकर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनि गरिएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । यसअघि शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भइसकेको छ ।
असार १ गते अर्थमन्त्री साहले आर्थिक वर्ष ०७९/०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट पेस गरेका थिए ।