जानकी मन्दिरको गरगहना र सम्पत्ति हिनामिना भएको बारे काठमांडूमा अन्तर्क्रिया कार्यक्रम – Madhesh Update

जानकी मन्दिरको गरगहना र सम्पत्ति हिनामिना भएको बारे काठमांडूमा अन्तर्क्रिया कार्यक्रम

   July 7, 2022  

हिन्दू परिषद नेपाल काठमांडू र मिथिला संस्कृति समाज नेपाल द्वारा आज जानकी मन्दिरको वर्तमान अवस्था बारे मधेशी आयोग काठमांडूमा भएको बिचार गोष्ठी कार्यक्रम सम्पन भएको छ।मिथिला संस्कृति समाज नेपालका अध्यक्ष बीरेन्द्र ठाकुरको सभापतित्व एंव मधेशी आयोगका अध्यक्ष बिजय दत्तको प्रमुख आतिथ्यमा सम्पन भएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल,मधेशी आयोगका सदस्य रेणु देवी साह,अतिथिमा पुरातात्विक बिभागका अधिकृत मंजू सिंह भण्डारी, वरिष्ठ चिकित्सक डा सबरी साह,संत समाजका अगुवा चन्द्रिका देव्, आयोगका सचिव एवं अन्य कर्मचारी, पत्रकार,काठमांडू महानगरपालिकाका निर्वाचित जनप्रतिनिधि,धार्मिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागी रहेको थियो।

कार्यक्रममा बोल्ने बक्ताहरुले जानकी मन्दिर लाई राज्य बाट उपेकक्षा गरिएकोमा चिन्ता ब्यक्त गरे,गुठी एवं पुरातात्विक बिभाग महत्वपूर्ण जिम्मेवारी बाट पंछीनु,जानकी मन्दिर जनकपुरको मात्र नभई राष्ट्र कै पहिचान जोड़िएकोले तीन तहको सरकार गम्भीर हुन आवश्यक छ, मन्दिरको सम्पूर्ण चल अचल सम्पतिको पारदर्शीता हुनु पर्ने,जनकपुर क्षेत्रलाई पुनः रुपमा सहकारी एवं शांति क्षेत्र घोषणा गर्नु पर्ने,विश्व सम्पदा सुचिमा सूचीकृत गराउन सरोवालालहरुको ईमानदारी पूर्वक भूमिका निर्वाह गर्नुपर्ने लागएत बिषयमा जोड़ दिएका थिए।

कार्यक्रममा सहजीकारण हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष सुनीता रौनियार र कार्यक्रम माथि प्रकाश एवं प्रतिबेदन हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष पिंकी महासेठ गरेका थिइन ।