विरगंज स्थित भारतीय महावाणिज्य दूतावासद्वारा दुईवटा एम्बुलेन्स हस्तान्तरण – Madhesh Update

विरगंज स्थित भारतीय महावाणिज्य दूतावासद्वारा दुईवटा एम्बुलेन्स हस्तान्तरण

   July 5, 2022  

विरगंज स्थित भारत को महावाणिज्य दूतावासले तराई मधेशका सक्रिय दुुई समाजिक संस्थालाई उपहार स्वरूप एम्बुलेन्स हस्तान्तर गरेका छन । उपहार स्वरूप दिइएका दुईवटा एम्बुलेन्सहरू नेपालका लागि भारतका राजदूत श्री नवीन श्रीवास्तव द्वारा गत आइतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपाल सरकार र नेपालका विभिन्न जिल्लामा रहेका गैरनाफामूलक संस्थाहरूलाई उपहार स्वरूप प्रदान गरिएका ७५ वटा एम्बुलेन्सहरू मध्येका हुन् ।

बीरगंज स्थित ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र जनकपुरको ग्रामीण विकास संस्थाले पाएको एम्बुलेन्स मंगलवार विरगंज स्थित महावाणिज्यदूतले हस्तान्तरण गरेको हो ।

महावाणिज्यदूत श्री नितेश कुमार द्वारा छनोटमा परेका संस्थाहरूका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेका थिए ।