पार्टीमा विवादका विच हेरफेर भयो जसपाका मन्त्रीहरु

जनता समाजवादीका तर्फबाट नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार विहान जसपाका तीन मन्त्री परिवर्तन गर्दै भौतिक पुर्वाधार मन्त्रीमा इस्तियाक राई, कृषि मन्त्रीमा मृगेन्द्र यादव र वन मन्त्री प्रदीप यादवलाई जिम्मेवारी दिएका थिए । सपथ लगत्तै उनीहरुले सोमबारै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।
जसपा नेपाल फुटको संघारमा पुुगेको वेला अध्यक्ष उपेन्द्र यादवले आफुुलाई वलियो बनाउने गरि असन्तुुष्ठ नेताहरुलाई मन्त्री बनाएका छन । सोमवार मन्त्री बनेका तीनै नेताहरु अध्यक्ष उपेन्द्र यादव विरुद्ध पार्टीमा पछिल्लो समय देखिएको थियो । अफनो विरोधहरुको समुह कमजोर बनाउने उदेश्यले यादवले नयां मन्त्री बनाए पछि जसपा भित्रको विवाद थप झागिंदै गएको छ ।
अध्यक्ष यादव र बाबुुराम भटराई पक्षले सामानान्तरण बैठक वोलाएका छन भने सोमवार मन्त्रीवाट पदच्युत भएकी नेतृ रेणु यादवले पार्टी परित्याग गर्ने संकेत गरेकी छिन ।