आन्तरिक विवाद चर्किरह्दा जसपाले बोलायो विरगंन्जमा केन्द्रीय समिति बैठक – Madhesh Update

आन्तरिक विवाद चर्किरह्दा जसपाले बोलायो विरगंन्जमा केन्द्रीय समिति बैठक

   June 30, 2022  

जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीका अनुसार असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन् । फुटको संघारमा रहेको जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईबीच अलग हने विषयमा छलफल भइसकेको छ ।

बुधवार अवेर राती काठमाढौको एक होटलमा भएको यादव र भटराई विचको छलफलमा यथास्थीतीमा दुवै नेताले एक अर्कालाइ स्विकार नगर्ने भन्दै वरु अलग भएर अघि वढने कुरा भएको थियो । बुधवार राती भटराई संग भएको छलफल पछि विहिवार यादवले आफना निकट नेताहरु संग छलफल गर्दै विरगंन्जमा केन्द्रिय समिति बैठक बोलाएका छन ।