मधेश प्रदेशमा नक्कली घुमुवा प्रहरी बनेर ठगी गर्ने एक पक्राउ – Madhesh Update

मधेश प्रदेशमा नक्कली घुमुवा प्रहरी बनेर ठगी गर्ने एक पक्राउ

   June 29, 2022  

मधेश प्रदेशको रौतहटमा नक्कली घुमुवा प्रहरी बनेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका–९ सिन्धुरेघारी टोल बस्ने वर्ष ३२ को सुमन बस्नेत रहेका छन्।

बस्नेतले चन्द्रपुर नगरपालिका–४ स्थित तिवारी होटल र सम्झना होटल लगायत गौर चन्द्रनिगाहपुर तथा पूर्व–पश्चिम लोकमार्गमा चल्ने विभिन्न यात्रुवाहक बसलाई रोकी म घुमुवा प्रहरी हो भनि डर धाक धम्की देखाई दुःख हैरानी दिने गरेको पाइएको प्रहरीले जनाएको छ।

सो सम्बन्धी सूचना इलाका प्रहरी कार्यालय चन्द्रपुरमा प्राप्त हुनासाथ खटी गएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका बस्नेतलाई अभद्र व्यबहार शिर्षका मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ६ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।