रौतहटको चन्द्रपुरमा श्रीमतीको हत्या आरोपमा एक व्यक्ति पक्राउ – Madhesh Update

रौतहटको चन्द्रपुरमा श्रीमतीको हत्या आरोपमा एक व्यक्ति पक्राउ

   June 29, 2022  

रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरीयास्थित मुस्लिम टोल बस्ने खुर्सैद राईन भन्ने औसयद महमद कवारी श्रीमती हत्या गरेको आरोप पक्राउ परेका छन्।

कवारीकी २१ वर्षीय श्रीमती तराना खातुनले आफ्नै घरको कोठामा पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा उनको सासु नाजमुन खातुनले देखि उक्त सलको पासो काटी तत्काल चन्द्ननिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रालिमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

सो घटनाबारे अनुसन्धानको क्रममा खातुनको घाँटी थिची मारेको खुल्न आएको थियो।

प्रहरीले हत्या आरोपमा कवारीलाई नियन्त्रणमा लिइ रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।