जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई बिच टकराव, एक अर्कालाई कारवाही गर्ने धम्की – Madhesh Update

जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई बिच टकराव, एक अर्कालाई कारवाही गर्ने धम्की

   June 28, 2022  

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता बाबुराम भटराइ विचको विवाद अन्नतह एक अर्कालाई कारवाही गर्ने तहमा पुगेको छ । सोमवार अवेर साझ यादवले आफना निकट कार्यकारणी समिति सदस्यहरुलाई बोलाएर भटराई सहित चार नेताले पार्टीको आन्तरिक एकतामा खलल पुर्याएको भन्दै स्पष्टिकरण सोध्ने निष्कर्ष निकालेका छन ।

भटराई पक्षले यस अघि नै अध्यक्ष यादवले पार्टीमा एक्लौटी गरेको भन्दै बहुमतको आधारमा अध्यक्ष र संसदीय दलको नेतावाट उनलाई पदच्युत गर्ने चेतावनी दिएका थिए ।

यद्यपी दुवै पक्षको यो धम्की अहिले सम्म औपचारिकमा परिवर्तन भएको छैन । लामो समयदेखि जसपामा यादव र भट्टराई पक्षीबीच विवाद चलिरहेको छ । यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उनको अधिकार खोस्ने प्रयास पछिल्लो समयमा गरिरहेको छ ।

भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार गतिविधि गरिरहेको पाइन्छ । यसका लागि उनले पार्टीमा हस्ताक्षर अभियान चलाएका थिए । यो सबै कुराको चाल पाएको यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाब गर्दै भट्टराई माथि नै कारबाही गर्न निर्णय लिएको हो ।