जसपालाई नया दल दर्ताको प्रमाण पत्र
निर्वाचन आयोगले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी, जसपा नेपाललाई दल दर्ता प्रमाण पत्र दिएको छ । १० बैशाखको मध्यरातमा दल राजपा नेपाल र समाजवादी पार्टीले दल दर्ता गर्ने सहमती गर्दै जनता समाजवादी पार्टी, नेपाल गठन गरेको थियो । जसको जानकारी निर्वाचन आयोगलाई ११ बैशाखमै गराइएको थियो । त्यस पछि काजजातहरु मिलाएर जेठको अन्तिम हप्ता दल दर्ताका लागी जसपाले आयोगमा निवदेन र आवश्यक कागजातहरु पेश गरेका थिए । गत वुधवार नै निर्वाचन आयोगको बैठकले जसपालाई नया दलको दर्ता गर्ने निर्णय गरेको थियो । आयोगको उक्त निर्णय पश्चात जसपाका नेताहरुलाई आइतवार आयोगले बोलाएर दल दर्ताको प्रमाण पत्र दिएको छ ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो दललाई निर्वाचन आयोगले आधिकारिक प्रमाणपत्र प्रदान गरेको जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘हामी निर्वाचन आयोगलाई धन्यवादका साथ आभार व्यक्त गर्दछौं । यस अवसरमा अग्रगामी परिर्वतनका पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजावदप्रति समर्पित सम्पूर्ण राजनीतिक शक्ति र व्यक्तिहरुलाई जसपामा आवद्ध हुन आव्हान गर्दछौं ।’
पाच बर्ष अगाडी संविधान विरुद्ध संगै आन्दोलन गरेर एकिकरण गरेका नेताहरु निर्वाचन पनि आपसी तालमेल गरेर भाग लिएका थिए । प्रदेश दुईमा बहुमत ल्याएर सरकार समेत बनाएको अवको जसपामा पुर्वप्रधानमन्त्री डा बाबुराम भटराई नेतृत्वको नयां शक्क्ति समेत गाभिएकाले नेताहरु पार्टीको संगठन अव पहाड तर्फ पनि बन्ने दावी गरेका छन । अहिलेको प्रतिनिधीसभामा ३४ सिटका साथ अव जसपा तेस्रो दल बनेको छ ।