गठबन्धनका लागि कांग्रेस/एमाले दुवै सँग कुराकानी भइरहेको छ -महन्थ ठाकुर – Madhesh Update

गठबन्धनका लागि कांग्रेस/एमाले दुवै सँग कुराकानी भइरहेको छ -महन्थ ठाकुर

   June 26, 2022  

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले चुनावी गठबन्धनका लागि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमाले दुवैसँग सम्वाद भइरहेको बताएका छन् । तर अहिलेसम्म कुनै निर्णय नभएको र आफूहरु कुनै गठबन्धन नगएको उनले प्रष्ट पारेका छन् ।

लोक दलसँग भएको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भने, ‘एमालेसँग कुराकानी भइरहेको छ । म आफैंले दुई पटक भेटेको छु, अरु नेताहरुले पनि कुराकानी गर्नु भएको छ । तर निर्णय भइसकेको छैन ।’ न कांग्रेस नेतत्वको गठबन्धनसँग पनि कुनै सहमति भइनसकेको ठाकुरलले बताए । ठाकुर हिजो शनिवार मात्रै प्रधानमन्त्री शेरबहादुर संग भेटेका थिए ।

कौशल कुमार सिंह नेतृत्वको लोक दल आइतवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा समाहित भएको छ । बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा आयोजित एकीकरण घोषणासभामा लोक दल लोसपामा समाहित भएको हो ।

चारबुँदे सहमतिसहित लोक दल लोसपामा समाहित भएको हो । सहमतिपत्रमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रही मधेश र समग्र देशको जनताको अधिकार प्राप्तिको संघर्षलाई अझ उचाईमा पु¥याउन यस दुई पार्टीहरुबीच ऐतिहासिक एकीकरण भएको घोषणा गर्दछौं ।’

लोक दलले लोसपाको नाम, झण्डा र छाप स्वीकार गर्ने, लोक दलबाट आएका नेता तथा कार्यकर्ताहरुलाइृ सहमति अनुसारको स्थान र सम्मान लोसपा नेपालमा प्रदान गर्ने, जिल्लादेखि केन्द्रसम्मका लोक दलका सबै संगठनहरुलाई लोसपा नेपालमा समायोजन गरिने र आगामी निर्वाचनमा लोक दलका नेता कार्यकर्ताहरुलाइई प्रत्यक्ष एवं समानुपातिक उम्मेद्वारीमा समुचित स्थान दिने सहमति भएको हो ।