नागरिकता विद्येयकको विरुद्धमा भैसी जुलुस
नागरिकता विद्येयकको विरुद्धमा सिके राउत नेतृत्वको जनमत पार्टीले विहिवार तराई मधेशका जिल्लाहरुमा भैसी जुलुस निकालेका छन । सरकारले अघि सारेको नागरिकता विद्येयकको मधेशमा विरोध भए संगै विरुद्धमा प्रर्दशनहरु भइरहेको छ । जिल्लाहरुमा जसपा र काग्रेसके समेत विरोध प्रर्दशनहरु जारी छ ।
भैँसीको जिउमा केपी ओली मुर्दावाद, नागरिकता विधेयक खारेज गर, महिलालाई हेप्न पाइदैन लगायतको नाराहरु सोतो अक्षरले लेखेर गाउँ घुमाँउदै जनमत पार्टीका युवानेता तथा कार्यकर्ताहरुले विहिवार तराई मधेशका जिल्लाहरुमा प्रदर्शन गरेका हुन् ।
जनमत पार्टीले नागरिकता विद्येयकको विरद्धमा आन्दा्लन घोषणा गर्दै विभिन्न कार्यक्रमहरु गरिरहेका छन । उक्त पार्टीले भोली शुक्रवार नागरिकता विद्येयकको प्रतिलिपी जलाउनुको साथै प्रधानमन्त्रीको पुतला दहन गर्ने कार्यक्रम राखेका छन ।
यस अघि जसपाले गत १६ गते काठमाडौ सहित देशैभरी नागरिकता विद्येयकको विरोधमा प्रर्दशन गरेका थिए । काग्रेस केन्द्रिय समिति बैठकले नै नागरिकता विद्येयक गलत भएको भन्दै फिर्ता लिन सरकारलाई भनेको छ ।