बाराको जितपुरसिमरामा बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ – Madhesh Update

बाराको जितपुरसिमरामा बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

   June 23, 2022  

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरी बस्ने १८ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई ती किशोरले घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले उनलाई बुधबार राति पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।