दिल्लीबाट ‘भारत गौरव पर्यटक रेल’ विहिवार जनकपुरधाम आउँदै, जनकपुरमा भव्य स्वागतको तयारी – Madhesh Update

दिल्लीबाट ‘भारत गौरव पर्यटक रेल’ विहिवार जनकपुरधाम आउँदै, जनकपुरमा भव्य स्वागतको तयारी

   June 22, 2022  

भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आउने भएको छ। भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए ।

रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले बताए।

रामायण सर्किटमा संचालनमा आएको यो रेल विहिवार जनकपुर आउने भए पछि त्यहा स्वागतको तयारी थालिएको छ । जनकपुरको स्थानिय अगुवाहरु सहित विभिन्न संघ संस्थाहरुले जनकपुरको रेल्बे स्टेशनमा त्याहा आम नागरिकलाई उपस्थित भएर रेलको स्वागत गर्न अपिल गरेका छन ।

भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’मा करिब ५०० भारतीय पर्यटक आउन लागेको र उनीहरुले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम छ। भारतीय राजदूतावासका अनुसार सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को देख्न पाइने छ।

१८ दिन, १७ रात लामो यात्रा गर्ने गरि भारतले पहिलो अन्तर्राष्ट्रिय सीमा पार रेल सेवा संचालनमा ल्याएको छ । मंगलवार साझ भारतको दिल्ली स्थित रेल्वे स्टेशनमा भारतका रेल मन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपमा उद्धघाटन गरेको यो रेल सेवा भारत वाट नेपालको जनकपुर आउदै छ । आउदो विहिवार जनकपुर आइपग्ने भारतको पहिलो अन्तर्राष्ट्रिय सीमा पार रेल सेवा भारत र नेपालको रामायण सर्किटको सबै ठाउमा पुुग्ने कार्यतालिका छ ।

भारतको पहिलो अन्तर्राष्ट्रिय सीमा पार रेल सेवालाई भारत र नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ भनिएको छ ।

युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदा स्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भुत रचनालाई प्रवर्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगल कालिन प्राचीन संरचना लगायत गुजरातमा अवस्थित स्टैच्यू अफ यूनिटी, दिल्लीमा रहेको नेसनल वार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्वीरले सजाइएका छन् ।
यस रेलको दुईवटा डिब्बालाई विशेष रुपमा योग सम्बन्धि तस्वीर तथा सामाग्रीले सजाइएको छ । जुन हालका वर्षहरुमा विश्वभर प्रचलित छ ।

रेलमा १४ वटा डिब्बा छन् जसमध्ये केही डिब्बाका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवम् लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवर्धन गर्ने किसिमका सामाग्री देख्न सकिन्छ ।