मधेश प्रदेशमा पनि मनाइयो आठौँ अन्तर्राष्ट्रिय योग दिवस – Madhesh Update

मधेश प्रदेशमा पनि मनाइयो आठौँ अन्तर्राष्ट्रिय योग दिवस

   June 21, 2022  

आठौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मधेश प्रदेशका राजधानी जनकपुर सहित विभिन्न ठाउमा योग शिविर आयोजना गरिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको अगुवाईमा जनकपुरको जानकी मन्दिर र विरगंजमा कार्यक्रम गरिएको छ भने अन्य विभिन्न संघ संस्थाहरुले सप्तरी, महोतरी, सिरहा सहितको जिल्लाहरुमा पनि योग दिवस मनाएको छ ।

जनकपुरको जानकी मन्दिरमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास र पतञ्जली योग समिति मधेस प्रदेश समितिद्वारा आयोजित योगाभ्यास कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री लालबाबु राउत, मधेस प्रदेश सरकारका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, सामाजिक विकासमन्त्री नवलकिशोर साह, सहित स्थानिय समाजसेवी तथा बुद्धजिवी, विभिन्न विद्यालयका विद्यार्थी, स्थानीयवासी, व्यापारीलगायतको उपस्थिति थियो ।

यस्तै विरगंजको आदर्शनगर रंगशालामा भएको योग महोत्सवमा भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदुत नितेश कुमार, वाणिज्यदुत शशी भुषण कुमार र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल लगायतका सहभागी थिए । कार्यक्रममा महावाणिज्य दुत नितेश कुमारले आज देखी ५ हजार वर्ष पहिले योगको उत्पत्ति नेपालबाट भएको दावी गरेका थिए । नेपाल र भारतको सम्बन्धलाई बलियो बनाउनुको लागि पनि यो योग शिविर देशका विभन्न सहरहरु मा सञ्चालन भइरहेको पनि यनले जानकारी दिए ।

योग शिविरमा विभिन्न संघ संस्था, विद्यालयका छात्र छात्रा लागतयले कार्यक्रमा भाग लिएका थिए । सन् २०१४ मा संयुक्त राष्ट्र संघ महासभामा १७७ सदस्य राष्ट्रले भारतको प्रस्ताव समर्थन गरेपश्चात सन् २०१५ यता हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइदै आएको छ ।