मधेश प्रदेशमा कोभिड विरुद्धको धुम्ती खोप सेवा सुुरु – Madhesh Update

मधेश प्रदेशमा कोभिड विरुद्धको धुम्ती खोप सेवा सुुरु

   June 21, 2022  

मधेश प्रदेश सरकाले प्रदेशका आठै जिल्लाका हरेक स्थानिय तहमा पुुग्ने गरि धुम्ती कोभिड खोप सेवा सुुरु गरेका छ । मंगलवार मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले धुम्ती खोप सेवाको उद्धघाठन गर्दै पहुँच हुनेले मात्रै कोरोना भाइरसविरुद्धको खोप पाएका कारण धुम्ती खोप सेवा सुुरु गर्नु परेको बताए ।

मुख्यमन्त्री राउतले ग्रामीण क्षेत्रका नागरिक कोरोना भाइरसविरूद्धको खोपबाट वञ्चित भएकाले पनि धुम्ती खोप सेवा थप प्रभावकारी बनाउने रणनितीमा प्रदेश सरकार काम अगाडी वढाएको दावी गरे । ‘‘साँच्चै भन्ने हो भने जसको पहुँच थियो, नजिकका थिए उनैले खोप लगाउन पाए। ग्रामीण क्षेत्रका नागरिक अहिले पनि खोपबाट वञ्चित छन्’’, मुख्यमन्त्री राउतले भने।

उनले बालबालिकालाई पनि अगामी दिनमा यस्तै घुम्ती सेवा सञ्चालन गर्नुपर्ने बताए।